असार ८ काठमाडौं ।
एक वर्षभित्र मिथेन ग्यासको उपयोग गर्नेगरि लाग्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन्। दैलेखमा रहेको मिथेन ग्याँसको उत्पादन गम्भीरतापूर्वक लाग्न एक वर्षभित्र उत्पादन गरि उपयोग गर्न गरि निर्देशन दिएका हुन्।
चीनको सहयोगमा भएको अन्वेषणमा ११२.१ अर्ब घनमिटर मिथेन ग्याँस भण्डार रहेको अनुमान गरेको छ। पूर्वी नवलपरासीमा फलाम खानी उत्खनन् र २०८५ भित्र फलाम, स्टिल उत्पादन गर्ने तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो।
बालुवाटारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग दैलेखको ग्यास उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओली यस्तो निर्देशन दिएका हुन्।
त्यस्तै गरी धौवादी फलाम कम्पनी लिमिटेडले पूर्वी नवलपरासीमा ड्रिलिङ कार्य तथा फलाम खानीको सम्भाव्यता बाट आगामी सय वर्षका लागि पुग्ने करिब ९९ मिलियन टन फलामको धाउ भण्डार उत्खनन् गर्न सकिने कम्पनीले जानकारी गराएको छ।
नियमित प्रक्रियाबाट २०८५ सालभित्रमा फलाम,स्टिल उत्पादन गर्न सकिने कम्पनीको जनाएको छ।