असार ८ काठमाडौं ।
अमेरिकाले इरानविरुद्ध आक्रमण गरेको छ। अमेरिकी सेनाले इरानको फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा आक्रमण गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ।
अमेरिकी विमानले इरानका परमाणु केन्द्रमा आक्रमण गरी इरानको हवाई क्षेत्रबाट बाहिरिसकेको जानकारी दिएको छ।
इरानको परमाणु केन्द्रमा बंकर बस्टर बम प्रयोग गरिएको र यो बम जमिन मुनि करिब ६० मिटर भित्र छिरेर विष्फोट हुन्छ। बमले कहाँ कति क्षति भयो भन्ने खुलि नसकेको जनाएको छ।
इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका इरानविरुद्धको आक्रमणमा उत्रिएको हो। फोर्दो फ्यूल इनरिचमेन्ट प्लान्ट पहाड मुनि भूमिगत रुपमा बनाइएको छ। यो इरानको राजधानी तेहरान बाट करिब १ सय माइल तथा कोम सहरबाट २० माइल टाढा पर्दछ।
यो केन्द्र जमिन मुनि करिब ८० मिटर गहिराइमा अवस्थित रहेको तथा यसलाई इरान र रुसका मिसाइल रक्षा प्रणालीहरूले संरक्षित गरिएको छ।
इरानको फोर्दो भूमिगत आणविक भट्टीलाई अमेरिकी बंकर बस्टर बमले मात्रै ध्वस्त पार्न सक्ने तर त्यो बमले फोर्दो आणविक केन्द्रमा क्षति पुगे, नपुगेको जानकारी भने प्राप्त भएको छैन।