जेठ २८ काठमाडौं ।
नेपालले श्रम सम्झौता र नवीकरण गर्न मलेसियालाई प्रस्ताव गरेको छ। जेनेभामा श्रम भण्डारी र मलेसियाका लागि मानव संशोधन मन्त्री स्टिभन सिम ची किओङबीच द्विपक्षीय भेटवार्ता भएको थियो।
भेटका क्रममा नेपाली श्रमिकलाई रोजगारको अवसर दिएकोमा मलेसिया सरकारलाई धन्यबाद दिएका थिए।
भेटका क्रममा द्विपक्षीय सम्झौताको विषयलाई उठाउँदै सन् २०१९ अक्टोबर २९ मा हस्ताक्षर गरिएको श्रम सम्झौताको अवधि सकिएकाले नवीकरणका लागि प्रस्ताव गरेका हुन्।
छलफलका क्रममा श्रम, भण्डारीले आप्रवासी श्रमिकहरूका लागि १७ सय मलेसियन रिंगिट न्यूनतम तलब तोकिएकोमा खुसी व्यक्त गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले मलेसियासँग श्रम क्षेत्रको सहकार्य अझ मजबुत भई दुवै देशबीचको सम्बन्धलाई दीर्घकालीन मित्रतामा परिणत गर्ने विश्वास व्यक्त गरेका छन्।
वर्क पर्मिट समयमै नवीकरण नहुँदा कामदार अवैध बन्ने र कारबाही भोग्न बाध्य हुने जस्ता समस्या दुःखद् भएको बताउदै श्रम सम्झौता र नविकरणका लागि सुझाएका हुन्।