आज प्रतिनिधिसभाको बैठक बस्दै

जेठ २५ काठमाडौं ।
आज प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा बैठक नियमित कार्यसूची अनुसार बस्न सकेको छैन।

‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका विपक्षी दलहरूले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन्। संसद अवरोध खुलाउने प्रयासमा दलहरुबीच छलफल भइरहे पनि निकास निस्किएको छैन।

आज अवरोध खुल्न सके उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२, ८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *