माघ ३० काठमाडौं ।
मेलम्चीको पाइप फुट्दा बबरमहल जलमग्न भएको छ। आज दिउँसो साढे दुई बजेतिर मेलम्ची खानेपानीको पाइप फुटेको हो।
काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको आपूर्ति सञ्जालको पाइप फुट्दा खोलै बगेको छ।
‘रेगुलर (नियमित आपूर्ति) तर्फको पाइप फुटेको हो कि, थोक वितरण प्रणाली (बिडिएस) को पाइप फुटेको यकिन भइ नसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडकको प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले बताएका छन्।
पाइप फुटेर जलमग्न भएपछि अहिले त्यस क्षेत्रको वितरण प्रणाली बन्द गरिएको र कहाँको पाइप फुटेको हो बुझ्न कर्मचारी परिचालन गरिसकेको पौडेलले जनाएका छन्।
Post Views: 54