आज सेयर बजार २६८५ अंकमा बृद्धि

माघ ३० काठमाडौं ।
आज सेयर बजार २६८५ अंकमा बृद्धि भएको छ। सेयर बजारको परिसूचक नेप्से १.८६ अंकको वृद्धिपछि नेप्से २६८५ अंकमा कायम भएको हो।

परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम बढेको छ। आज ८ अर्ब ७१ करोडको कारोबार भएको छ।

१३४ कम्पनीको मूल्य बढ्दा ९९ को घट्यो भने ११ को स्थिर रह्यो। आज विकास बैंक १.३३, फाइनान्स १.५६ र लगानी १.२२ प्रतिशत बढेको छ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत, रिभरफल्स पावरको ८.०२, न्यादी हाइड्रोपावरको ७.५९, ग्रीन डेभलपमेन्ट बैंकको ७.४६, सिन्धु विकास बैंकको ७.०८ तथा भूगोल इनर्जीको ७.०७ प्रतिशत मूल्य बढ्यो।

जीवन बीमा ०.४८ प्रतिशत, बैंकिङ ०.०९, होटल पर्यटन ०.६३, हाइड्रोपावर ०.०४, उत्पादन ०.३१, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.०३, अन्य ०.४७ र व्यापार समूह ०.९१ प्रतिशत घट्यो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *