आज पनि प्रतिनिधि सभा बैठक बस्दै

माघ २९ काठमाडौं ।
आज पनि प्रतिनिधि सभा बैठक बस्दै छ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो।

संसद बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *