माघ १४ काठमाडौैं ।
महाभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई हिरसतमा राख्न आदेश दिएका छन्।
युलले लागू गरेको सैन्य शासन ६ घण्टासम्म मात्र रह्यो भने संसद् सदस्यहरुले सशस्त्र सैनिकहरुको विरोधमा मतदान गरी त्यसलाई खारेज गरेको थियो।
यूनले डिसेम्बर ३ मा नागरिक शासन निलम्बन गर्ने आफ्नो प्रयासले देशलाई राजनीतिक अराजकता निम्त्याएका थिए।
त्यस लगत्तै उनलाई महाभियोग लगाइएको थियो। महाभियोग लागेर गिरफ्तार हुने पहिलो दक्षिण कोरियाली राष्ट्र प्रमुख बनेका छन्।
दक्षिण कोरियाली अभियोजकहरूले महाभियोग लगाइएका राष्ट्रपति युन सुक योलमाथि ‘विद्रोहको मुख्य नाइके’का रूपमा अभियोजन गर्दै निलम्बित नेतालाई हिरासतमा रहन आदेश दिएका छन्।
अभियोजनकर्ताहरूले एक बयानमा सुरक्षाकर्मीहरूले ‘युन सुक योललाई विद्रोहको प्रमुख भएको आरोपमा आज हिरासतमा राखेको’ बताएका छन्।
गिरफ्तारीदेखि नै उनलाई सियोल हिरासत केन्द्रमा राखिएको छ। औपचारिक अभियोजनले उनलाई अदालती कारबाहीसम्म हिरासतमा राख्ने जनाएको छ।