मनास्लु संरक्षण क्षेत्रमा विदेशी पर्यटकको संख्या बृद्धि

माघ ९ काठमाडौं ।
मनास्लु संरक्षण क्षेत्रमा विदेशी पर्यटकको संख्या बृद्धि भएको छ। विगतको तुलनामा यो बर्ष मनास्लु क्षेत्रमा धेरै विदेशी पर्यटक पुगेका हुन्।

प्रसिद्ध पर्यटकीयस्थल मनास्लु क्षेत्रमा अघिल्लो वर्षभन्दा सन् २०२४ मा १५ सय पर्यटक बढी पुगेका मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ।

मनास्लु संरक्षण क्षेत्र आयोजनाको अनुसार सन् २०२३ मा ९ हजार १ सय ७७ पुगेकोमा सन् २०२४ मा १० हजार ६ सय विदेशी पर्यटकले भ्रमण गरेको जनाएको छ। मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या हालसम्मकै ठूलो रहेको उल्लेख गरेको छ।

सन् २०२४ मा सबैभन्दा धेरै फ्रान्सबाट १ हजार ३ सय ३५, १ हजार १ सय ८१ जर्मन नागरिक र ७ स ९६ अमेरिकी नागरिकले मनास्लु क्षेत्र भ्रमण गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ।  सार्क सदस्य राष्ट्रहरूमध्ये भारतबाट सबैभन्दा धेरै १ सय ५९ पर्यटकले मनास्लु पदयात्रा गरेको छ।

त्यस्तै नेदरल्याण्ड्स, जर्मनी, बेलायत, अष्ट्रेलिया, स्पेन, चीनलगायत देशबाट पनि विदेशी पर्यटकहरू मनास्लु क्षेत्र भ्रमण गरेको बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *