नारायणी र राप्ती नदीमा भेटियो घडियाल गोही

माघ ४ काठमाडौं ।
नारायणी र राप्ती नदीमा घडियाल गोही भेटिएको छ । नारायणी र राप्ती नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका हो।

चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा नारायणी नदीमा एक सय ४६ र राप्ती नदीमा दुई सय छ वटा गोही भेटिएको जनाएका छन्।

निकुञ्जको अनुसार पुस १२ गतेदेखि १४ दिन लगाएर गरिएको गणनामा तीन सय बाउन्न घडियाल गोहीको सङ्ख्या भेटिएको बताएका छन्।

गोहीको गणनामा निकुञ्जका नौ कर्मचारी र माझीहरू सहभागी भएका थिए । गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा एक सय ५२ र नारायणीमा एक सय १३ वटा गोही भेटिएको थियो। नारायणी र राप्ती तीन÷तीनवटा भाले भेटिएकोमा यस वर्ष राप्तीमा दुई र नारायणीमा तीन गरी पाँचवटा भाले भेटिएका छन्।

यस वर्ष एउटा भाले नभेटिए पनि समग्रमा सङ्ख्या भने बढेको छ। गणना हुनुअघि राप्तीमा ४१ वटा गोही छोडिएकाले पनि सङ्ख्या बढेको निकुञ्जले जनाएको छ।

निकुञ्जले गत पुस महिनामा राप्तीमा थप २० वटा गोही छोडेको थियो। नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्किएपछि नदीमा छोड्ने गरिन्छ।

हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा दुई हजार १८ गोही छाडिसकिएको छ। हाल प्रजनन केन्द्रमा सात सय ३९ गोही रहेका छन्। घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *