आजदेखि खो खो खेलको विश्वकप हुँदै

पुस २९ काठमाडौं ।
आज देखि खो खो खेलको विश्वकप भारतमा सुरु हुँदै छ। खो खो खेलको इतिहासमा पहिलो पटक विश्वकप हुन लागेको हो । यस खेलमा महिला र पुरुष दुवैको विश्वकप एकसाथ हुँदैछ।

खो खो विश्वकप अन्तर्गत आज पुरुषतर्फको उद्घाटन खेल हुने भएको छ। दक्षिण एसियामा धेरै चर्चित रहेको खो खो विश्वकपमा विश्वभरका कुल २३ देशको सहभागिता छ। जसमा २० पुरुष टिम र १९ महिला टिमले प्रतिस्पर्धा गर्ने छन्।

जसमा आयोजक राष्ट्र भारत र नेपालबीच प्रतिस्पर्धा हुनेछ। खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा नेपाली समय अनुसार राती ८ः४५ बजे सुरु हुने भएको छ।

भारत र नेपालसँगै समूह ए मा भुटान, ब्राजिल र पेरु छन्। यस्तै समूह बी मा इरान नेदरल्याण्ड्स, अर्जेन्टिना, घाना र दक्षिण अफ्रिका छन्। भने समूह सी मा बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, अमेरिका र पोल्याण्ड तथा समूह डी मा इंग्ल्याण्ड, जर्मनी, मलेसिया, अष्ट्रेलिया र केन्या छन्।

यसैगरी महिलातर्फ भारत, इरान, दक्षिण कोरिया र मलेसिया समूह ए मा, इंग्ल्याण्ड, अष्ट्रेलिया, केन्या र युगान्डा र नेदरल्याण्ड्स समूह बी मा छन्।

दक्षिण एसियाका चार राष्ट्र नेपाल भुटान, श्रीलंका र बंगलादेश सहित जर्मनी समूह सी मा रहँदा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पोल्याण्ड, पेरु र इन्डोनेसिया समूह डी मा छन्।

१६ राष्ट्रले महिला र पुरुष दुवैमा प्रतिस्पर्धा गर्दा ब्राजिल, अर्जेन्टिना, घाना, अमेरिकाले पुरुषतर्फ मात्र तथा युगान्डा, न्युजिल्याण्ड र इन्डोनेसियाले महिला तर्फ मात्र प्रतिस्पर्धा गर्ने छन्।

महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार–चार समूहमा विभाजन गरिएको छ। महिलाको समूह ए मा बाहेक सबै समूहमा ५–५ टिम छन् र महिलाको समूह ए मा ४ टिम छन्। दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुने छ।

पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टिमले प्रतिस्पर्धा गर्दै छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *