अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्री ओली बाट पुरस्कार र सम्मान प्रदान

पुस २३ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई पुरस्कार र सम्मान प्रदान गरेको छ।

साफ महिला फुटबल, एसियाली कराँते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई सम्मान र पुरस्कार प्रदान गरेको हो।

आज प्रधानमन्त्री निवास बालुवाटारमा, युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्को निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुरस्कार प्रदान गरिएको हो।

गत कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन्स च्याम्पियनसीप, फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवान, चीनको हाइजाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको बीसौँ एसियाली कराँते च्याप्यियनसिफमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठ लगायतलाई प्रधानमन्त्री द्धारा पुरस्कार प्रदान गरिएको छ।

त्यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भूटानको थिम्पुमा भएको काभा बीच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरियो।

खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रको गौरव राख्न महत्वपूर्ण योगदान दिएकामा खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान र पुरस्कार प्रदान गर्दै थप उन्नति, प्रगतिका कामना समेत गरेका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *