घोषण भयो यू–१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली

पुस २० काठमाडौं ।
यू–१९ महिला टी २० विश्वकपका लागि नेपाली टोली घोषण भएको छ।

यही जनवरी १८ देखि मलेसियामा सुरु हुने आईसीसी यू–१९ महिला टी२० विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको हो।

गत डिसेम्बरमा मलेसियामा भएको एसीसी यू–१९ महिला एसिया कप खेलेको टोलीलाई नै विश्वकपको टोलीमा निरन्तरता दिइएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। उपकप्तानमा सोनी पाख्रिन छन्।

गत नोभेम्बरमा यूएईमा भएको आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोटको उपाधि जित्दै नेपाल पहिलो पटक यू–१९ महिला विश्वकपकमा छनोट भएको थियो।

जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू–१९ महिला टी२० विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ।

नेपालले पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्नेछ। यस्तै जनवरी २० मा स्कटल्याण्डसँग र जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ।

यू–१९ महिला विश्वकपको यो दोस्रो संस्करण हो भने नेपालले पहिलो पटक खेल्न लागेको हो। नेपाल समूह डी मा छ। यस समूहमा अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन्।

नेपाल जस्तै स्कटल्याण्ड पनि छनोट चरण पार गरेर विश्वकपमा पुगेको हो।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *