उपनिर्वाचन मौन अवधि सुरु चुनावी प्रचारमा रोक

मंसिर १४ काठमाडौं ।
उपनिर्वाचन बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु चुनावी प्रचार र मत माग्न निर्वाचन आयोगले रोक लगाएको छ।

उपनिर्वाचनको प्रचारप्रसार र अन्य गतिविधि नगर्न मौन अवधिको समयलाई पालन गर्नका लागि निर्वाचन आयोगले निर्देशन जारी गरेको हो।

मंसिर १६ गते आइतबार ७ देखि ५ बजेसम्म ४१ स्थानमा स्थानीय तहको उपनिर्वाचन हुँदैछ। मतदातालाई असल उम्मेदवार चुन्नका लागि निर्णय लिन आयोगले मौन अवधिको सुविधा दिन्छ। आयोगले चुनावमा निषेधित गतिविधि गर्न नदिन कडा निर्देशन दिएको छ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावर समन्वय गर्न मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधि मंसिर १३ गते राति १२ः०० बजेदेखि सुरु भएको हो।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *