आज सेयर बजारमा बढ्यो कारोबार

मंसिर ११ काठमाडौं ।
आज सेयर बजारमा कारोबार बढेको छ।

नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएसँगै सेयर बजारले सकारात्मक प्रतिक्रिया जनाएको हो। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३३.४१ अंक बढेको हो। सो अंकको वृद्धिपछि नेप्से २७१६ अंकमा पुगेको छ।

अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा यस दिन ७ अर्ब ४४ करोडको कारोबार भएको हो। तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड इदी मर्दी हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो।

मिथिला लघुवित्त वित्तीय संस्थाको ९.६, अपरहेवाखोलाको ८.८ तथा मायाखोला हाइड्रोपावरको ८.६ प्रतिशत मूल्य बढ्यो।२११ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने एउटाको स्थिर रह्यो। सबै सेक्टरका सूचक बढेका छन्।

बैंकिङ १.२०, विकास बैंक ०.४९, फाइनान्स १.५१, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर १.९७, लगानी १.१३, जीवन बीमा १.०२, उत्पादन १.०८, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बीमा ०.८१, अन्य १.६८ र व्यापार समूह १.२९ प्रतिशत बढेको हो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *