भदौ १६ काठमाडौं ।
रास्वपा सभापति रवि लामिछाने र चिनियाँ राजदूत माओ मिङ बिच भेटवार्ता भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबिच शिष्टाचार भेटवार्ता भएको हो ।
बुढानिलकण्ठस्थित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको निवासमा नेपालका लागि चिनियाँ राजदूत माओ मिङ र सभापति बिच भेटवार्ता भएको छ ।
भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढी बाट भएको क्षति बारे दुःख व्यक्त गर्नुका साथै खोज, उद्धार देखि पुनर्निर्माण सम्म नै नेपालको साथमा रहेको बताएका छन् ।
भेटका क्रममा माओले नेपाललाई जुनसुकै ढङ्ग बाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिएका छन् ।
विपद् लगत्तै उद्धारकर्मी, डिएनए विशेषज्ञ लगायत आवश्यक सबै सहयोग चिनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने माओले बताएका छन् ।
भेटका क्रममा सभापति लामिछानेले विपद्का समयमा चिनले गर्दै आएको सहयोग प्रति आभार व्यक्त गरेका छन् ।
