भदौ १६ काठमाडौं ।
पहिरोका कारण अवरुद्ध कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ ।
गुल्मीको कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध बनेको सडकखण्ड सञ्चालनमा आएको छ ।
पहिरोका कारण कालीगण्डकी करिडोर खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
आज दिन भर सडक निर्माण कम्पनी, स्थानीय पालिका र सुरक्षाकर्मीको समन्वयमा डोजर प्रयोग गरी पहिरो पन्छाएसँगै उक्त सडकखण्डमा यातायात सञ्चालनमा आएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार कालीगण्डकी करिडोर सडक अवरुद्ध भएपछि प्रहरी चौकी पूर्तिघाट बाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा उक्त क्षेत्रमा आज बिहानै देखि प्रहरी टोली परिचालन गरि सडक सञ्चालनमा ल्याउन काम गरेको थियो ।
सडक सञ्चालनमा आएसँगै बिहान देखि पूर्तिघाट र रुद्रवेणी क्षेत्रमा रोकिएका सम्पूर्ण सवारीसाधन आ–आफ्नो गन्तव्यतिर लागिसकेको सूचना अधिकारी डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् ।
