माइतीघरमा सहकारीपीडितको प्रदर्शन प्रदर्शनकारी र प्रहरीबीच झडप

मंसिर ५ काठमाडौं ।
काठमाडौंको माइतीघरमा सहकारीपीडितको प्रदर्शन प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरुले रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। ललितपुरको पुल्चोकमा भेला भएका सहकारी पीडितहरु नाराबाजी गर्दै माइतीघरतर्फ आएका थिए।

सहकारी पीडितको जुलुस थापाथलीतिर बाट आएको थियो। प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोकेको थियो। तर जुलुस अगाडि बढ्न खोज्दा झडप भएको हो।

माइतीघर नजिकै निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले बल प्रयोग गर्दा झडप भएको र केही प्रदर्शनकारी समेत घाइते भएका छन्।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *