सेयर कर्जा १७.५ प्रतिशत बृद्धि

मंसिर ५ काठमाडौं ।
सेयर कर्जा १७.५ प्रतिशतले बृद्धि भएको छ।

सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा एक महिनामै ६ अर्ब ६ करोडले बढेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म ९९ अर्ब ७६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह भएकोमा असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा १ खर्ब ५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको असार मसान्तयता यस्तो कर्जा १७.५ प्रतिशतले बढेको छ।

१ करोड रुपैयाँमाथिको सेयर कर्जा सबैभन्दा धेरै छ। असोज मसान्तसम्म यस्तो कर्जाको रकम ६९ अर्ब ९७ करोड रुपैयाँ छ। यो वर्गको कर्जा वृद्धिदर पनि उच्च छ।

त्यस्तै ५० लाखदेखि १ करोडसम्मको कर्जा १३ अर्ब ५९ करोड रुपैयाँ प्रवाह भएको छ। यो सीमाका कर्जा असार मसान्तयता ९.४ प्रतिशत बढेको हो।

२५ लाखदेखि ५० लाखसम्मको कर्जा प्रवाह १४ अर्ब ८७ करोड भएको राष्ट्र बैंकले जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *