मङ्सिर ५ काठमाडौं ।
जिहादी समूहद्वारा इजरायली सैनिकमाथि मोर्टार प्रहार गरेको छ।
एजेन्सी युनिसेफको अनुसार इजरायलले लगातार गरिरहेको हवाई आक्रमणले लेबनान र गाजा क्षेत्र प्रभावित भइरहेका बेला प्यालेस्टीनी इस्लामिक जिहादी समूहले मोर्टार आक्रमण गरेको खबर दिएको छ।
विद्रोही समूहको अनुसार मध्य गाजाको जुहार अल दिकको दक्षिणी क्षेत्रमा इजरायली सैनिकमाथि मोर्टार आक्रमण गरिएको हो। यस अघि उक्त समूहले गाजास्थित जबालिया शरणार्थी शिविरमा इजरायली सेनामाथि आक्रमण गरेको थियो।
युनिसेफले भनेको छ कि, ‘दुई महिना पहिले आफ्नो उत्तरी छिमेकी केन्द्रित हवाई आक्रमणका दौरान लेबनानमा मात्रै २०० बालबालिका मारिएका छन्।
उता, इजरायली सेनाले हेलिकोप्टर र ड्रोनमार्फत् गाजाको व्यरिज र नुसिरात शरणार्थी शिविरमा प्यालेस्टीनीहरुका घरमा गोलाबारी गरेको युनिसेफले जनाएको छ।
यस्तै, गाजामा लुटिएका सहायता ट्रकका चालक र आर्थिक सहायताको पखाईमा रहेका नागरिकहरुबारे व्यापक चिन्ता गरिएको छ।
केही दिन अघि मात्रै प्यालेस्टीनी शरणार्थीहरुका लागि सहायता सामग्री बोकेर १६ नम्बर प्रवेश गरेका सय बढी ट्रक हिंस्रक गतिविधि गरेर लुटिएका थिए।