आज भारतीय सेनाध्यक्ष द्विवेदी काठमाडौं आउँदै

मंसिर ५ काठमाडौं ।
आज भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी काठमाडौं आउँदै छन्।

भारतका स्थल सेनाध्यक्ष द्विवेदी नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन्।

नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आउन लागेका हुन्।

उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

नेपाल आउनासाथ उनले सैनिक मञ्च टुँडिखेल पुगेर वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। उनी मंसिर ९ गतेसम्म नेपालमा रहने छन्।

उनले नेपाल बसाइको क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानविर राई र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल लगायतसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *