मंसिर ४ काठमाडौं ।
निर्वाचन आयोगले उपनिर्वाचनबारे जानकारी गराउन कल सेन्टर ल्याएको छ।
मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनबारे प्रश्न, गुनासा र जिज्ञासा सुन्नका लागि निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको हो।
कल सेन्टरबाट मतदाता नामावली, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, मतदान प्रक्रिया लगायतका सम्पूर्ण विषयमा आम मतदाता एवम् सर्वसाधारणलाई जानकारी उपलब्ध हुने आयोगले जानकारी गराएको छ।
आज आयोगले विज्ञप्ति जारी गर्दै १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।
आयोगले मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेगरी आयोग परिसरमा निःशुल्क (टोल फ्री) नम्बर ११०२ मा कल गरेर आफ्ना प्रश्न, गुनासा र जिज्ञासा राख्न सकिने जनाएको छ।