राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा मनाईने

मङ्सिर ४ काठमाडौँ ।
राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा मनाईने भएको छ।

यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ।

कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ्ग गर्ने गराइन लागेको जनाएको हो।

कार्यक्रममा कफी उत्पादक संस्था तथा किसान उद्यमी, जिल्ला कफी सहकारी सङ्घ, प्रारम्भिक कफी सहकारी संस्थालाई विशेष सम्मान र पुरस्कृत गरिने छ।

बोर्डका अनुसार आर्थिक वर्ष २०७९–८० को तथ्याङ्कानुसार रु १३ करोड चार लाखबराबरको ७७ मेट्रिक टन कफी निर्यात हुँदा रु ३२ करोड ५८ लाख बराबरको चार सय ५० टन कफी आयात भएको थियो।

आव २०८०–८१ मा देशभर पाँच सय मेट्रिक टन ग्रिनवीन कफी उत्पादन भएको छ भने जम्मा छ सय ५४ हेक्टरमा नयाँ रोपण भएको छ।

आव २०८०–८१ मा रु १४ करोड ९२ लाखबराबरको ८९ टन कफी निर्यात हुँदा रु ४१ करोड ९८ लाख बराबरको चार सय ४३ टन कफी आयात भएको तथ्याङ्क छ।

कफी सहकारी सङ्घहरूबाट सञ्चालित कफीसम्बन्धी गतिविधिको प्रदर्शनी तथा दिवसको अवसरमा नेपालको कफी क्षेत्रको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा आगामी कार्यदिशा विषयक अन्तक्र्रिया एवं प्रस्तुतीकरण कार्यक्रम गरिने कफी विकास बोर्डले जानकारी दिएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *