विदेशी मुद्राको विनिमयदर हेरफेर

मङ्सिर ४ काठमाडौं ।
आजका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदरमा केही हेरफेर गरेको छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, युरोको मूल्य केही घटेको छ। कुवेती दिनार, बहराइन दिनार र कतारी रियालको पनि मूल्य घटेको छ।

केन्द्रीय बैंकको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको थियो।

आजका लागि पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ७२ पैसा निर्धारण भएको छ। सोमबार पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८० पैसा रहेको थियो।

आजका लागि युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ। सोमबार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा थियो।

केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७६ पैसा, बिक्रीदर एक सय ५२ रुपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा, बिक्रीदर ८७ रुपैयाँ २८ पैसा निर्धारण भएको जनाएको छ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा, बिक्रीदर आठ रुपैयाँ ७३ पैसा तय भएको छ। यस्तै क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा, बिक्री दर ९६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिद दर एक सय रुपैयाँ १६ पैसा, बिक्रीदर एक सय रुपैयाँ ६१ पैसा बराबर रहनेगरी विनिमयदर तय गरिएको छ।

साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा, बिक्रीदर ३६ रुपैयाँ पाँच पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा, बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९४ पैसा, बिक्रीदर ३७ रुपैयाँ १० पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.72 135.32
EUR  (European Euro) 1 141.96 142.59
GBP  (UK Pound Sterling) 1 169.96 170.72
CHF  (Swiss Franc) 1 151.76 152.44
AUD  (Australian Dollar) 1 86.89 87.28
CAD  (Canadian Dollar) 1 95.57 96.00
SGD  (Singapore Dollar) 1 100.16 100.61
JPY  (Japanese Yen) 10 8.69 8.73
CNY  (Chinese Yuan) 1 18.60 18.68
SAR  (Saudi Arabian Riyal) 1 35.89 36.05
QAR  (Qatari Riyal) 1 36.94 37.10
THB  (Thai Baht) 1 3.87 3.88
AED  (UAE Dirham) 1 36.68 36.84
MYR  (Malaysian Ringgit) 1 30.07 30.20
KRW  (South Korean Won) 100 9.63 9.68
SEK  (Swedish Kroner) 1 12.23 12.29
DKK  (Danish Kroner) 1 19.03 19.12
HKD  (Hong Kong Dollar) 1 17.31 17.38
KWD  (Kuwaity Dinar) 1 437.86 439.81
BHD  (Bahrain Dinar) 1 357.40 358.99

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *