४०७ जनाले दिए स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी

मंसिर २ काठमाडौं ।

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि ४०७ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगले आइतबार प्रकाशन गरेको विज्ञप्ति अनुसार ४०७ जनाले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गरेको जनाएको हो।

उम्मेदवारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्ष पद र बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा ३÷३ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भई सूची प्रकाशन भएपछि भोलि बिहान १० बजेदेखि अपराह्ण ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, ४ गते अपरान्ह ५ः०० बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ः०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

प्रेस विज्ञप्ति

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *