डेंगु संक्रमणको जोखिम बढ्दो

कात्तिक ३० काठमाडौं ।
डेंगु नियन्त्रणमा प्रभावकारी उपाय अपनाउन नसक्दा हरेक वर्ष डेंगु संक्रमणको जोखिम बढ्दो छ।

डेंगु संक्रमणबाट यस वर्ष २२ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन्। ७६ जिल्लामा फैलिएको संक्रमणबाट ११ जनाको ज्यान गइसकेको छ।

विज्ञहरूका अनुसार फगिङले घरबाहिर रहेका लामखुट्टेलाई मात्र मार्न सक्छ। फुल र लार्भा नभई लामखुट्टे मात्र मर्ने भएकाले फगिङ प्रभावकारी नहुने डेंगु संक्रमणबाट बच्न लामखुट्टे मार्न औषधि छर्कने (फगिङ) उपाय अपनाउँदा नियन्त्रण झन् चुनौतीपूर्ण बन्दै गएको विज्ञहरूको सुझाव छ।

एक संक्रमित लामखुट्टेले आफ्नो अधिकतम ३० दिनको जीवनकालमा पाँच सयदेखि एक हजार संक्रमित फुल पार्छ। यी सबै फुल लामखुट्टेमा परिणत भए महिनामै रोग सार्ने हजारौं लामखुट्टे उत्पादन हुन्छन्।

एडिस एजिप्टाई र एल्बोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *