नेपाली क्रिकेट महिला टोली पहिलो पटक विश्वकपमा छनोट

कात्तिक २८ काठमाडौं ।
नेपाली क्रिकेट महिला टोली पहिलो पटक विश्वकपमा छनोट भएको छ।

यू–१९ महिला टी–२० विश्वकपमा आयोजक यूएईलाई पछि पार्दै नेपाल पहिलो पटक छनोट हो। सिनियर महिला टोली प्रारम्भिक छनोटबाट अघि बढ्न नसके पनि यू–१९ महिला टोली यसपटक विश्वकपमा छनोट हुन सफल भएको हो।

नेपालको सिनियर पुरुष टोलीले दुई पटक टी–२० विश्वकप र यू–१९ टिमले ८ पटक विश्वकप खेलिसकेपनि महिला क्रिकेटमा नेपालको कुनै टोली विश्वकपमा पुग्न सकेको थिएन।

नेपाल यू–१९ विश्वकपमा पुग्ने लक्ष्यका साथ यूएईमा हुने छनोट खेल खेल्न गएको थियो। नेपाल, कुवेत, थाइल्याण्ड र यूएई गरी चार टोली सहभागी एसिया छनोट बाट एक टोली मात्र विश्वकपमा छनोट हुने हो।

एसियाबाट नेपाल छनोट भएसँगै विश्वकप खेल्ने सबै १६ टोलीको टुङ्गो लागेको छ। यू–१९ महिला टी–२० विश्वकप जनवरी १८ देखि फेब्रुअरी ७ सम्म मलेसियामा हुने तय भएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *