आगन्तुक पर्यटक चरा कैलाली–कञ्चनपुरका सिमसार क्षेत्रमा बढ्दो

कात्तिक २८ काठमाडौं ।
आगन्तुक पर्यटक चरा कैलाली–कञ्चनपुरका सिमसार क्षेत्रमा बढ्दो छ।

कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा उत्तरी ध्रुबमा चिसो बढेसँगै आगन्तुक चराको संख्या बढ्न थालेको हो।

कञ्चनपुर–कैलालीका सीमसार क्षेत्रमा मालक हाँस, हरियोटाउके हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस, ठूलो जलेवा, कालीजुरे हाँस, सुइरेपुच्छ्रे हाँस, चखेवालगायत चरा सिमसारमा आउन थालेको हो।

साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा यहाँ आइपुगेका नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) का सदस्य हिरुलाल डगौराले बताएका छन्।

विशेषगरी रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजानलगायत क्षेत्रबाट आगन्तुक चरा चिसो छल्नका लागि नेपालको कञ्चनपुर–कैलालीका सीमसार क्षेत्रमा भित्रियको डगौराले बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *