कत्तिक २८ काठमाडौं ।
विद्युत् आपूर्ति बन्द गरेको उद्योगहरुमा लाइन जोडेपछि कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरेका छन्।
गत आइतबारको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौता विवादमा विद्युत् आपूर्ति बन्द गरिएका ६१ उद्योगमा लाइन जोड्न निर्देशन दिएको थियो।
‘डेडिकेटड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौता विवादमा सरकार र उद्योगीसँग विवाद चलिरहेका बेला नेपाल विद्युत्प्रा धिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज दिउँसो आकस्मिक पत्रकार सम्मेलन घोषणा गरेका थिए।
बक्यौता नउठाइ लाइन जोड्न नहुने अडानमा रहेका कार्यकारी निर्देशक घिसिङ मन्त्रिपरिषद् निर्णयबाट दुविधामा थिए।