स्पेनमा आएको भीषण बाढीपछि जनता आक्रोशित

कात्तिक २५ काठमाडौं ।
स्पेनमा आएको भीषण बाढीपछि अहिले त्यहाँका जनता आक्रोशित भएका छन्।

बीबीसीका अनुसार स्थानीय अधिकारीहरूले बाढीको चेतावनी दिन ढिलो गरेको आरोप गदै प्रदर्शनकारीहरूले प्रदर्शन गरेका छन्।

स्पेनको भ्यालेन्सियामा हजारौं स्थानीयहरु सडकमा उत्रिएर क्षेत्रीय प्रमुखविरुद्ध नाराबाजी गर्दै राजीनामाको मागसहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा आक्रोशित स्थानीय र प्रहरीबीच झडप भएको छ भने प्रदर्शनकारीहरु प्रशासनविरुद्ध सडकमा उत्रिएका छन्।

अक्टोबरमा भ्यालेन्सिया र छिमेकी प्रान्तहरूमा भीषण वर्षाका कारण आएको बाढीमा २०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ८० जनाभन्दा बढी अझै बेपत्ता छन्।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *