कात्तिक २४ काठमाडौं ।
अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पले नयाँ रेकर्ड बनाएका छन्।
उनी अमेरिकी इतिहासमा १३२ वर्षपछि पहिलो प्रयासमा राष्ट्रपति बनेर दोस्रो निर्वाचन हार्दै तेस्रो प्रयासमा फेरि राष्ट्रपति निर्वाचित भएका छन्।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उनले १३२ वर्षपछि नयाँ रेकर्ड बनाएका हुन्।
सन् २०१६ मा ट्रम्प हिलारी क्लिन्टनलाई हराएर पहिलो कार्यकालका लागि ४५ औं राष्ट्रपति बनेका थिए। तर सन् २०२० मा डेमोक्र्याटिक पार्टीका जो बाइडेनले पराजित गरेका थिए।
अहिले भएको राष्ट्रपतीय निर्वाचनमा उनले डमोक्र्याटिककी कमला ह्यारिसलाई हराएका हुन्।