पाथीभरामा केबलकार शिलान्यास गर्न खोज्दा दुई पक्ष बिच झडप

कात्तिक २३ काठमाडौं ।
प्रसिद्ध तीर्थस्थल पाथीभरा सम्म जान केबलकार निर्माणका लागि राखिएको शिलान्यास कार्यक्रमलाई बिथोल्न खोज्दा झडप भएको छ।

शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ।

पाथीभरामा केबलकार बनाउने विषयमा लामो समयदेखि विवाद रहँदै आएको थियो। यद्यपि, पछिल्लो समय पाथीभरा केबलकार कम्पनीले ठेक्का पाएपछि निर्माण सुरु गर्ने प्रयास भएको थियो।

त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन लगायत कार्यक्रमस्थल पुगेका थिए।

कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थाले पछि दुई पक्ष बिच झडप भएको प्रहरी कार्यालयले जनाएको छ।

उनीहरु अग्लो ठाउँमा बसेका थिए, त्यहाँबाट तल ढुंगा हान्दा केही प्रहरी साथीहरुलाई पनि लागेको छ। यद्यपि, स्काभेटर चलाएर केबलकार भने शिलान्यास भैसकेको छ।

ताप्लजुङको पाथीभरा मन्दिर ३ हजार ७९४ मिटर उचाइमा अवस्थित छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *