प्रतिबन्ध लगाएको अफिम अफगानिस्तान उत्पादन

कात्तिक २३ काठमाडौं ।
प्रतिबन्ध लगाएको अफिम अफगानिस्तानमा उत्पादन सुरु भएको छ।

तालिबान सरकारले अफगानिस्तानमा प्रतिबन्ध लगाएको अफिमको खेती १९ प्रतिशतले वृद्धि भएको पाइएको हो।

सन् २०२३ मा अफगानिस्तानमा अफिमको खेतीमा ९५ प्रतिशतले गिरावट आएको थियो। सन् २०२२ मा अफिमको खेती  दुई लाख ३२ हजार हेक्टर क्षेत्रमा भएको थियो।

तालिबानले प्रतिबन्ध लगाए पनि अफगानिस्तानमा अझै १२ हजार ८०० हेक्टर जग्गामा अफिम खेती हुने गरेको अनुमान छ। मादक पदार्थ एवम् अपराध सम्बन्धी संयुक्त राष्ट्रसंघको कार्यालय (यूएनओडीसी)को नयाँ रिपोर्ट अनुसार सन् २०२४ मा अफगानिस्तानमा अफिमको खेती १९ प्रतिशतले बढेको हो।

दक्षिण–पश्चिम अफगानिस्तान अफिम उत्पादनको केन्द्र मानिन्छ। तर यस वर्ष अफिम खेतीको ५९ प्रतिशत हिस्सा पूर्वोत्तर प्रान्तमा देखिएको छ। यही क्षेत्रमा गत वर्षको तुलनामा करिब चार गुणाले अफिम उत्पादन बढेको पाइएको यूएनओडीसीको रिपोर्टमा उल्लेख छ।

अफिमको उत्पादन बढ्नुको कारणमा बजारको माग र किसानको आर्थिक कठिनाइ मुख्य कारण हुन सक्ने अनुमान छ। सन् २०२४ को पहिलो ६ महिनामा एक किलो सुख्खा अफिमको मूल्य करिब ७३० अमेरिकी डलर रहेको छ।

जबकि प्रतिबन्ध लगाउनु अघि एक किलो सुख्खा अफिमको मूल्य औसत १०० अमेरिकी डलर थियो। रिपोर्टमा लेखिए अनुसार प्रतिबन्ध लागेका कारण अफगानिस्तानका किसानहरु गम्भीर आर्थिक संकटमा परेका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *