एभरेस्ट महिला भलिबल लिग सोमबारदेखि सुरु

असोज १४ काठमाडौं ।
नेपालमा पहिलोपल्ट भलिबलको फ्रेन्चाइज प्रतिस्पर्धा एभरेस्ट महिला भलिबल लिग सोमबार काठमाडौंमा सुरू हुँदैछ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहल त्रिपुरेश्वरमा ६ वटा फ्रेन्चाइज टोलीले भलिबलको पहिलो व्यावसायिक लिगमा प्रस्तुत गर्दै छन्।

सोमबार पहिलो दिन तीन वटा खेल हुनेछन्। पहिलो खेलमा स्पाइकर उषा भण्डारीको काठमाडौं स्पाइकरले सलिना श्रेष्ठको ललितपुर क्विइन्स प्रतिष्पर्धा गर्नेछ।

दोस्रो खेलमा मधेश युनाइटेडले कर्णाली र तेस्रो खेलमा चितवन शक्ति गण्डकी थन्डर्ससँग प्रतिस्पर्धा गर्दैछन्।

मधेसकी कप्तान निरुता ठगुन्ना र कर्णालीकी कप्तानीमा मिडल ब्लकर सुमित्रा रेग्मीले गर्दैछिन्।

नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले चितवन शक्तिको नेतृत्व गर्दैछिन् भने गण्डकीको कप्तानीमा सरस्वती चौधरी छिन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *