असोज १३ काठमाडौं ।
गायक रामकृष्ण ढकाल अस्ट्रेलिया टुर नामक साङ्गीतिक भ्रमणको सुरुआत अस्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट गरेका छन्।
सिड्नीस्थित रगडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा रामकृष्ण ढकालले आफ्नो नयाँ तथा पुराना गीत प्रस्तुत गरेका छन्। गायक ढकालले आफ्नो चर्चित गीतहरू ‘बिहान उठ्ने बित्तिकै’, ‘बाचुन् जेलिलाई’, ‘नजिक आउनुमा’, ‘ओराली लागेको’, लगायतका गीतहरु प्रस्तुत गरेका थिए।
सन् २००९ देखि नै आफूले अस्ट्रेलियामा कन्सर्ट गरिरहेको र यो चौथो पटक रहेको गायक ढकालले बताए। उनले स्वरसम्राट नारायण गोपालका गीतहरू स्थानीय ब्यान्डसँग प्रस्तुत गरेका थिए।
पाल्पा सर्भिसेसले आयोजना गरेको कार्यक्रममा गायक ढकालले तीन घण्टा आफ्नो गीत प्रस्तुत गरेका थिए।
Post Views: 28