अकस्मात, अप्रत्याशित ढंगले सामुहिक समस्या निम्त्याउछ र त्यसले जनधनको क्षति गर्दछ भने त्यसलाई विपद भनिन्छ l विपदलाई दुई किसिमबाट अर्थ्याईएको छ एक प्राकृतिक विपद र दोश्रो मानव सृजित विपद, प्राकृतिक विपद अन्दर्गत: भूकम्प, बाढी-पहिरो, सुनामी, ज्वालामुखी लगाएतलाई लिईन्छ भने मानव सृजित अन्तरगत: नागरीक अशान्ति, आगो-लागी, न्युक्लियर, परमाणु युद्व र ल्याबबाट छोडिने भाईरस आदि-ईत्यादीलाई लिन सकिन्छ l विश्वब्यापी रुपमा अध्ययन गर्दा नेपालमा अधिकांश प्राकृतिक विपत् बाट प्रभाभित भईरहेका छन् l जस्तै भूकम्प, आगो-लागि, बस दुर्घटना र बाढीपहिरो अधिकतम यहि प्रकारका घटनाबाट प्रभाभित छन् जसबाट वर्षैनि सयौं सङ्ख्यामा मानवीय क्षति र लाखौं धनमाल को क्षति बेहोरिरहेको अवस्था छ l यसलाई तत्काल उद्वार गर्ने, पिडितलाई राहत र नियत्रण गर्ने उपाय छ कि छैन ? छ भने किन प्रभाकारी कार्यन्वयन हुदैन वा यसको छुटै संयन्त्र छ कि छैन ? छ भने कता छ राज्य संग जवाफ खोज्ने बेला अबेर भैसकेको छ l नागरिक समाज, मिडिया र बुद्द्विजिवी खबरदारी गरिराख्ने, अग्रिम सूचना पनि विभिन्न संचार मध्यमबाट प्रवाह गर्ने अब यसको निराकरण नागरिक स्वयमले गर्ने हो वा राज्यले गम्भीर प्रश्न छ जवाफ कतैबाट पाइदैन समाधान कतै भेटिदैन l
भर्खरै ११ गते देखि अविरल भैरहेको वर्षाका कारण राजधानिको केहि ठाउँ डुबान देखि सबै राजमार्गहरु अबरुद्व छन् जसको सतर्क रहन टेलिकमले sms बाट सुचित गरिएको थियो l यति हुँदा हुँदै पनि राजधानीकै महानगरमा बाढी आइरहेको खोलाको बिचमा जस्ताको टहरा माथि २ नागरिक उद्वारको पर्खाइमा उभिरहेका दृश्य हृदय विरक्त थियो l त्यहाँ बस्न ठिक थियो थिएन, यदि थिएन भने राज्यले समयमै स्थानान्तरण किन गरीएन ? नागरिकले पनि आफ्नो दायित्व निर्वाह निसंकोस गर्नु पर्दछ l एउटा असल नागरिकले जसरी राज्यलाई प्रश्नको घेरा भित्र पारेर जवादेहिता खोज्दछ त्यति नै उ राज्यको नियम कानुन परिपालनमा प्रतिबद्व हुन जरुरी छ l मिन बहादुर पौडेल क्षेत्री (२००१) को अनुसार नेपालमा विपत व्यवस्थापनमा चुनौती रहेको बताएका छन् (पेज ६९-७०) व्याबहारमा पृथकता, अपर्याप्त बजेट/श्रोत साधन, आधुनिक प्रविधिको अभाव आदि l गइरहेने विपत्ति र भोगिरहने नेपाली समाजमा विपत् लाई तत्काल उद्वार/राहत र नियन्त्रणका निम्न उपाय अवलम्बन गर्न जरुरी देखिन्छ l
- विपत जोखिमको पहिचान र जोखिम पहिचाहनको आधारमा उच्च जोखिमका बस्तिहरु तत्काल स्थानान्तरण (राज्यले बल प्रयोग गरेर भए पनि ),
- सडक निर्माण गर्दा भुगोललाई मध्यनजर गरेर वैकल्पिक बाटो अनिवार्य सर्त, निर्माण गर्नु पुर्व ठेकेदार र इन्जीनियरले दियको ग्यारेन्टी समय अगाबै भत्किय वा बिग्रियमा पुन निर्माण सहित लाईसेन्स खारेजीको प्राबधान,
- तत्काल उद्वारको निम्ति राज्यले कुन संयन्त्र (सेना,प्रहरी, शसस्त्र प्रहरी वा अन्य) चलाउने हो त्यो संयत्र २४ घण्टा अलर्टमा राख्ने,
- विद्यालय स्थरमा पठनपाठन कक्षा १० वा १२ परीक्षा पछिको ३ महिनाको समयमा जनचेतना जगाउने काममा इन्टर्णशीपको व्यबस्था गर्ने,
- राजनीतिक दलका कार्यकर्ता जनप्रतिनिधि उम्मेदवारी दिनु अघि वा कुनै राजकीय नियुक्ति खानु अघि बिपत सम्बन्धि भोलुन्टर गरेको हुनु पर्ने,
यति विषयहरुमा तयारि गर्न सकिएको खण्डमा प्रकोपबाट हुने क्षतिमा न्यून गर्न सकिन्छ l स्थानीय श्रोत साधन र स्थानीय शीपलाई बिशेष ग्राह्यता दिन आवश्यक छ l विपतको पहिचाहन र त्यस वातावरण अनुकुल सामना गर्न सक्ने आधार त्यहाँको स्थानीयलाई जति थाहा हुन्छ त्यति अन्यबाट जानेलाई थाहा नहुन सक्दछ l
नोट: लेखक समाजशास्त्र स्नातकोत्तर तेश्रो सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ l