टी–२० विश्वकप खेलेका क्रिकेटर खेलाडीलाई जनही ३ लाख प्रोत्साहन भत्ता

भदौ १३ काठमाडौं ।
टी–२० विश्वकप खेलेका खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान)ले जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।

बिहीबार बसेको क्यान कार्यसमिति बैठकले विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै प्रोत्साहन स्वरुप भत्ता दिने निर्णय गरेको हो ।

यस अनुसार मुख्य प्रशिक्षक र टिममा रहेका खेलाडीहरुले जनही ३ लाख पाउनेछन् भने अरु सपोर्ट स्टाफले जनही १ लाख ५० हजार रुपैयाँ पाउने क्यानले जनाएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *