असार २५ काठमाडौं ।
युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा रुसले मिसाइल आक्रमण गरेको छ।
राजधानी किभमा रूसी मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। जसमध्ये २७ जनाको मृत्यु राजधानीमा भएको हो।
मिसाइलले आक्रमणपछि किभको बाल अस्पतालमा समेत क्षति पुगेको छ। आक्रमणका कारण अभिभावकहरू आफ्ना बालबच्चा बोकेर अस्पतालबाट निस्किन बाध्य भएका छन्।
मिसाइल आक्रमणले सात वटा जिल्लामा क्षति पु¥याएको छ। भने आक्रमणबाट १७० जना भन्दा बढी घाइते भएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा लेख्दै मिसाइल आक्रमणबाट एक सय भन्दा बढी घरहरू भत्किएको बताएको अन्तराष्ट्रिय समाचारमा उल्लेख छ।