असार २४ काठमाडौं ।
गायिका अञ्जु पन्तको नेपाल–अमेरिका आउजाउ बाक्लो छ। केही महिनादेखि काठमाडौंमा रहेकी अञ्जुको व्यस्तता रेकर्डिङ स्टुडियोदेखि स्टेजसम्मै निकै छ।
उनको नयाँ गीत ‘मन परेको मान्छे’को अडियो रिलिज भएको छ। गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भनिन् मेरो क्रेज घटेको छैन, झन् बढ्दो छ। अमेरिकामा भेट्दा पनि कतिपय रुन थाल्नुहुन्छ। म पनि रुन्छु। त्यतिधेरै माया छ। विदेशको तातो घाममा पनि मेरो श्रोता हुनुहुन्छ। भेट्दाखेरि धेरै माया माया छु।
उक्त पत्रकार सम्मेलनमा गायिका पन्तले छोरी पारितोषिकाले फिल्म करिअर थाल्न लागेको खुलासा समेत गरिन्। यसका लागि छोरीले अभिनय सिक्न मण्डला थिएटर ज्वाइन गरेको उनले बताइन्।
‘पारितोषिका बुझ्झकी बच्चा हो । यसअघि म्युजिक भिडियोमा काम गरिन्। फिल्म खेल्छु भनेर मण्डला थिएटरमा अहिले एक्टिङ सिक्दैछ। बिहान ५ बजेदेखि नै रेडी हुन्छ। दिनभरिजसो प्राक्टिसमा व्यस्त हुन्छ,’ उनले भनिन्। पारितोषिकाले कुन फिल्मबाट डेब्यु गर्न लागेकी हुन् भन्नेबारे भने खुलाइनन्।