असार १२ काठमाडौं ।
कोपा अमेरिका २०२४ मा क्यानडाले दश खेलाडीमा समेटिएको पेरुलाई १–० ले पराजित गरेको छ।
पहिलो खेलमा क्यानडा साविक विजेता अर्जेन्टिनासँग पराजित भएको थियो। पहिलो पटक कोपा अमेरिका फुटबलमा सहभागी भएको क्यानडाको यो पहिलो जित हो।
कान्सास सिटीमा भएको खेलमा क्यानडालाई जित दिलाउन जोनाथन डेभिडले ७४औं मिनेटमा एक गोल गरे। जितपछि क्यानडा दुई खेलबाट ३ अंक जोड्दै समूह ए को दोस्रो स्थानमा पुगेको छ।