वैशाख २५ काठमाडौं ।
अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा तालमेल मिलाउने बताएका छन्।
बैंक तथा वित्त क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्ष २०८१,८२ को बजेटबारे मंगलबार मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री पुनले बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाइने बताएका हुन्।
मन्त्री पुनले गत वर्षको तुलनामा यो वर्ष अर्थतन्त्र चलायमान भएको र चालु आवभन्दा आगामी वर्ष थप चलायन हुने गरी बजेट ल्याउने तयारीमा आफू रहेको बताए। संविधानले निर्दिष्ट गरेको नीतिभित्र बसेर राज्यका निश्चित उद्देश्य प्राप्तिका लागि सहकार्य गरिने उनको भनाइ छ।
यस्तै बजेटमा ऊर्जा, पर्यटन, कृषि, ठूला र मझौला पूर्वाधार क्षेत्रलाई बजेटमा प्राथमिकता दिइने उनको भनाइ थियो।
Post Views: 41