नेपालीहरू इजरायलमा सुरक्षित छन् ः दूतावास

वैशाख ३ काठमाडौँ ।
इरानले इजरायल माथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे चिन्ता सुरु भएको छ। यस अघि युद्धमा परेर धेरै जना नेपालीहरूले ज्यान गुमाएका कारण इजरायलमा भएका स–साना साङ्घातिक हमलाहरूमा पनि नेपालमा रहेका परिवार र आफन्तजनले चिन्ता गर्ने अवस्था बनेको छ।

 

इजरायलस्थित नेपाली राजदूतावासले भने त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जनाएको छ। दूतावासले विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरे पनि नेपालीहरू भने सुरक्षित रहेको जनाएको छ। दूतावासले नेपालीहरूलाई कुनै समस्या परेर दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरे।

 

दूतावासले जारी गरेको विज्ञप्तिमा द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

 

‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ। सो आक्रमण बाट यहाँ बसोबास गर्ने नेपाली नागरिकहरूलाई कुनै असर नपरेको र सबै नेपालीहरू सकुशल अवस्थामा रहनुभएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ दूतावासले विज्ञप्तिमार्फत भनेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *