चैत ३० काठमाडौं ।
रिलिज पूर्वसन्ध्यामा रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला ः एमए थर्ड क्लास’को प्रिमियर गरिएको छ। बिग मूभिजमा आयोजित समारोहमा फिल्मकर्मीको खचाखच उपस्थिती रह्यो।
प्रिमियरमा निर्देशक गुरुङसहित कलाकार दयाहाङ राई, आँचल शर्मा लगायत ‘कास्ट एण्ड क्रू’क सहभागि रहे। घरेलु फिल्म उद्योगका अन्य फिल्मकर्मी र सेलिब्रेटीको पनि बाक्लो सहभागिता थियो । फिल्मले प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।
‘लुट’ फेम्ड अभिनेत्री सृजना सुब्बाले फिल्मको अन्तिम दृश्यले गर्दा आफूलाई मनमा केही नबोलौं जस्तो लागेको बताइन्। ‘एकदमै मन कस्तो भारी भइराख्यो। गहन कुरालाई एकदमै सजिलो र रमाइलो तरिकाले बुझाउने रामबाबुको तरिका एकदमै राम्रो छ’ उनले भनिन्।
दयाहाङले पनि यसबारे प्रतिक्रिया दिए। ‘मैले आफूलाई एकदमै इमानदार भएर हेर्ने कोसिस गरें। हामीले जो मेहेनत ग¥या छौं। त्यो चाँहि छर्लगै देखिन्छ’, उनले भने ‘डिग्री माइला’को कथा ‘कबड्डी’ सिरिजभन्दा धेरै अगाडिको योजना भएको स्मरण गर्दै उनले ‘कबड्डी’को प्रभावबाट निर्देशक टाढा रहेको र कथा वाचन फरक रहेको बताए।