सीआईबीले लियो वसन्त चौधरीको बयान

काठमाडौं ७ चैत ।
बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा रहेको १० रोपनी जग्गा हडपिएको प्रकरणमा प्रहरीले वसन्त चौधरीको बयान लिएको छ ।

केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) बोलाइएका चौधरीलाई बयान कागज गराएर छाडेको ब्यूरो स्रोतले बतायो । ‘उहाँले पुरानो विषय भएको बताउँदै सरकारी जग्गा भए नभएको थाहा नभएको बताउनु भएको छ’, स्रोतले भन्यो ।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई गैरकानुनी रुपमा बिक्री गरिएको थियो । हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ र त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *