सुरु भयो सुदूरपश्चिम प्रदेशसभा ः अधिवेशन

काठमाडौं  १० माघ ।
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन पहिलो दिन शुक्रबार प्रमुख दलका नेताहरुले धारणा राखेपछि सभामुख भीमबहादुर भण्डारीले मंगलबारसम्म स्थगित गरेका थिए ।

मंगलबार बोलाइएको बैठकको सुरुमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा धारणा राखे । विशेष समय सकिएपछि सभामुख भण्डारीले आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टलाई प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ को संशोधन विधेयक टेबुल गर्न समय दिए । मन्त्री भट्टले विधेयक टेबुल गरेपछि आगामी शुक्रबारसम्म बैठक स्थगित भएको छ । अधिवेशन सुरु भए पनि प्रदेशसभाले बिजनेस पाएको छैन । सभामुख भण्डारीले प्रदेशसभालाई बिजनेस नभएको भन्दै सरकारलाई पटक पटक ताकेता गर्दै आएका छन् ।

छलफलमा देशसभालाई बिजनेस दिनुपर्ने कुरा उठाएका छन् । सरकारले प्रदेशसभालाई रेस्पोन्स नगरेको हो कि बुझाइमा समस्या हो कि काम गर्ने तरिका नै त्यस्तो हो कि ? सभामुख भण्डारीले भने, ‘मुख्यमन्त्रीज्यूसँग यो विषयमा कुराकानी भएको छ । उहाँले चालु अधिवेशनमा बिजनेस दिन्छौं भन्नुभएको छ ।’

२०७९ मंसिरको निर्वाचनबाट गठित प्रदेशसभाले एक वर्षको कार्यकाल पूरा गरिसकेको छ । यस अवधिमा बजेट पारित गर्नुबाहेक अरु कानुन बनाउन सकेको छैन ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार तीन वटा संशोधन विधेयकको मस्यौदा सैद्धान्तिक स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश भएको बताए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेशसभा सदस्य वीरबहादुर थापाले थुप्रै ऐन, कानुन बनाउनुपर्ने देखिएपनि सरकारले प्राथमिकता नदिएको बताए । अघिल्लो सरकारले हतारमा बनाएका कतिपय कानुन संशोधन गर्नुपर्ने उनले बताए ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *