काठमाडौं ७ माघ ।
कैलालीको जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयले पासोमा परेको अवस्थामा बाघ मृत भेटिएको देखेपछि प्रहरिलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी घटनास्थल पुगेको र वन कार्यलयको कर्मचारीलाई बोलाएर परिक्षण गरिने बताए ।