काठमाडौं २५ पुस ।
अनुयायीहरुलाई बलत्कार गरेको, हत्या गरेको र बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा पनि सीआईबी कार्यालयमा पुगेकी छन् । उनले बम्जनको बारेमा गलत प्रचार गरिएको भन्दै बचाउ गरेकी छन् ।
बम्जनलाई मंगलबार सीआईबीको टोलीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । बम्जनलाई भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालयमा पुगेका थिय । यही टोलीमा २०७४ सालमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी लामा थिइन् ।
पत्रकारहरुसँग कुरा गर्दै बम्जन सीआईबी कार्यालयमा रहेको थाहा पाएपछि समर्थकहरुसँगै आफू पनि आएको बताइन्। उनले ‘कानुनलाई सम्मान गर्दै उहाँ अदालतमा हाजिर भएको भए पनि हुने हो । बरु आफूहरुले नै बम्जनलाई अदालतमा उपस्थित गराउँछौं भन्दा प्रहरी आफैंले ससम्मान अदालतमा उपस्थित गराउने बताएको जानकारी दिइन् ।