अस्पताल सञ्चालनको विवादमा, हुदा मारिए बरहथवा–६ मा युवा

काठमाडौं २१ पुस ।
अस्पताल सञ्चालनको विवादमा घुसेको राजनीतिले उग्र रुप लिँदा सर्लाहीको बरहथवा–६ मा शुक्रबार प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो । घटनापछि स्थानीय प्रशासनले बरहथवा नगर क्षत्रेमा शनिबार बिहान ८ बजेसम्म कफ्र्यू लगाएको छ । तर तनाव कम भएको छैन । स्थानीयले मृतकको शव राखेर प्रदर्शन गर्दै आएका छन् ।

संघ सरकारले १८ करोड रुपैयाँ खर्चिएर बरहथवा बजारको तत्कालीन प्राथमिक स्वास्थ्य चौकीको नयाँ भवन बनाएको छ । यो भवनमा १५ शैय्याको अस्पताल बनाउने कि ५० शय्याको बनाएर प्रदेश सरकारलाई चलाउने दिने भन्ने विवाद हो । प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा बरहथवामा ५० शय्याको अस्पताल बनाउने घोषणा गरेको छ । बरहथवा नगरपालिकाको नगर कार्यपालिकाले ९ असोज २०८० मा बैठक बसेर प्राथमिक स्वास्थ्य चौकीको भवन ५० शय्याको अस्पताल सञ्चालन गर्न प्रदेशलाई दिने निर्णय पनि गरेको थियो ।

सर्लाहीबाट निर्वाचित प्रदेशसभा सदस्य वीरेन्द्र सिंह मधेश प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् । प्रदेशले अस्पताल चलाए कांग्रेस लगायतका सत्तारुढ दल हाबी हुने स्थानीय सरकारको नेतृत्व गरेको दल एमाले नेताहरुको बुझाइ बन्यो । एमालेबाट निर्वाचित मेयर कल्पनाकुमारी कटवालले निर्णयअनुसार प्रदेश सरकारलाई सहमति पत्र दिइनन् । प्रदेश सरकारले अरु अस्पताल राम्रोसँग सञ्चालन नगरेको भन्दै उनले नगरपालिकाले नै १५ शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने मत राखिन् ।

भने अन्य दलले ५० शय्याको अस्पताल बनाउने निर्णय कार्यान्वयनका लागि दबाव दिन भन्दै शुक्रबार उद्योग बाणिज्य संघले बजार बन्द आह्वान गरेको थियो । सोहि क्रममा प्रदर्शनले उग्र रुप लिदा प्रदर्शनकारीलाई रोक्ने प्रहरी अश्रुग्याससँगै हवाइ फायर ग¥यो । त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Hacklinkbetsat
betsat
betsat
holiganbet
holiganbet
holiganbet
Jojobet giriş
Jojobet giriş
Jojobet giriş
casibom giriş
casibom giriş
casibom giriş
xbet
xbet
xbet
grandpashabet
grandpashabet
grandpashabet
İzmir psikoloji
creative news
Digital marketing
radio kalasin
radinongkhai
gebze escort
casibom
casibom
imajbet güncel
mavibet
casibom güncel giriş
casibom güncel giriş
pusulabet giriş
pusulabet
Deneme Bonusu
casibom
ultrabet güncel giriş
Kaliteli Kumar Siteleri
Deneme Bonusu
Yerli Porno Film
marsbahis giriş