टी स्टेट्स गिरीबन्धुको जग्गा प्रकरणलाई अनुसन्धान गर्ने ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३० साउन

टी स्टेट्स गिरीबन्धुको जग्गा प्रकरणलाई पनि अनुसन्धान गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । काठमाडौंमा गरेको एक छलफलमा ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरी टी स्टेट्स गिरीबन्धुको जग्गा प्रकरणलाई पनि विस्तारै छानबिन गर्ने बताएका छन् ।

 

केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोड स्थित टि स्टेटस गिरीबन्धुको नाममा रहेको ३४२ विघा १९ कट्ठा, १२ धुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो । टी स्टेट्सको बहुमुल्य जग्गा बेच्नका लागि कानुन संशोधन गरेको आरोप लाग्दै आएको छ ।

 

सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकता दिने क्रममा नक्कली शरणार्थी र ललिता निवास प्रकरण बाटोमा भेटिएका हुन् । त्यसमा सरकारले काम गरिरहेको प्रधानमन्त्रीको दाबी छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *