काठमाडौं, २५ साउन
बीबीसीका अनुसार इटालीयन टापु लाम्पेदुसामा बुधबार डुंगा दुर्घटना भएको हो । आप्रवासीहरू चढेको डुंगा पल्टिँदा ४१ जनाको मृत्यु भएको छ । दुर्घटनामा जीवित भएका चार जना यात्रुहरूले आफूहरू ट्युनिसीयाको स्फ्याक्सबाट डुंगाको यात्रा गरेको बताएका छन्। उनीहरू इटाली जान डुंगाको यात्रा गरेका थिए ।
आप्रवासी तथा शरणार्थीको रुपमा असुरक्षित मार्ग हुँदै युरोप जाने क्रममा हरेक वर्ष यस्ता दुर्घटना हुने गरेको छ । उत्तर अफ्रिकाबाट युरोप जाने क्रममा यस वर्ष मात्रै १ हजार ८ सय मानिसहरूले ज्यान गुमाइसकेका छन् ।